कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती विस्फोट

६ जनाको मृत्यु, केही घाइते
एजेन्सी

काठमाडौँ — अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती विस्फोटका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । साथै केही घाइते भएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती विस्फोट

मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले सोमबार विस्फोटबाट ६ जना मारिएको र केही मानिसहरू घाइते भएको ट्विटरमार्फत् जानकारी दिएका छन् । काबुल प्रहरी प्रवक्ता खालिद जाद्रानका अनुसार मन्त्रालय नजिकै सुरक्षा चेकपोस्टमा आत्मघाती हमला गर्ने आक्रमणकारीको पहिचान भइसकेको थियो ।

विदेश मन्त्रालयसहित धेरै सरकारी कार्यालयहरू रहेको र बलियो सुरक्षा व्यवस्था रहेको क्षेत्रमा विस्फोट गरिएको थियो ।

प्रकाशित : चैत्र १३, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x