इराकमाथि अमेरिकी आक्रमण

चैत्र ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१७ मा आजकै दिन (मार्च १९) मा इराकमाथि आक्रमण सुरु गरिएको थियो । अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकी राजधानी बग्दादबाट सैन्य आक्रमण गरेका थिए । 

राष्ट्रपति सद्दाम हुसेनको नेतृत्वमा इराकले ‘आम विनाशकारी हतियार उत्पादन गरिरहेको’ दाबी गर्दै अमेरिकाले इराकमाथि सैन्य कारबाही गर्नुपरेको जनाएको थियो । ‘विश्वलाई खतरनाक चिहानबाट रक्षा गर्नका लागि अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकमाथि सुरुवाती चरणको सैन्य कारबाही सुरु गरेका छन्,’ आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले भनेका थिए । 

अमेरिकाले सुरुमा राष्ट्रपति हुसेनलाई देश छाड्न वा युद्धको सामना गर्न चेतावनी दिएको थियो । त्यसको ९० मिनेटमा आक्रमण सुरु गरिएको थियो । अमेरिकी आक्रमणपछि हुसेनलाई पक्राउ गरी इराकमा अन्तरिम सरकार गठन गरिएको थियो । २००५ को जनवरीमा चुनाव भएपछि इराकको राष्ट्रिय सभामा २७५ सदस्य निर्वाचित भएका थिए । जसले अक्टोबरमा नयाँ संविधान जारी गरेको थियो । 

२००६ को नोभेम्बर ६ मा हुसेनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै 

झुन्ड्याएर मृत्युदण्ड दिने सजाय सुनाइएको थियो । हुसेनलाई २००६ को डिसेम्बर ३० मा मृत्युदण्ड दिइएको थियो । तर अमेरिकाले दाबी गरेअनुसार इराकमा भने कुनै आम विनाशकारी हतियार भेटिएन । करिब दस वर्षपछि अमेरिकाले २०११ को डिसेम्बर १५ मा इराकमाथिको युद्ध अन्त्यको घोषणा गरेको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully