इराकमाथि अमेरिकी आक्रमण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आजकै दिन

इराकमाथि अमेरिकी आक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१७ मा आजकै दिन (मार्च १९) मा इराकमाथि आक्रमण सुरु गरिएको थियो । अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकी राजधानी बग्दादबाट सैन्य आक्रमण गरेका थिए । 

राष्ट्रपति सद्दाम हुसेनको नेतृत्वमा इराकले ‘आम विनाशकारी हतियार उत्पादन गरिरहेको’ दाबी गर्दै अमेरिकाले इराकमाथि सैन्य कारबाही गर्नुपरेको जनाएको थियो । ‘विश्वलाई खतरनाक चिहानबाट रक्षा गर्नका लागि अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकमाथि सुरुवाती चरणको सैन्य कारबाही सुरु गरेका छन्,’ आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले भनेका थिए ।

अमेरिकाले सुरुमा राष्ट्रपति हुसेनलाई देश छाड्न वा युद्धको सामना गर्न चेतावनी दिएको थियो । त्यसको ९० मिनेटमा आक्रमण सुरु गरिएको थियो । अमेरिकी आक्रमणपछि हुसेनलाई पक्राउ गरी इराकमा अन्तरिम सरकार गठन गरिएको थियो । २००५ को जनवरीमा चुनाव भएपछि इराकको राष्ट्रिय सभामा २७५ सदस्य निर्वाचित भएका थिए । जसले अक्टोबरमा नयाँ संविधान जारी गरेको थियो ।

२००६ को नोभेम्बर ६ मा हुसेनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै

झुन्ड्याएर मृत्युदण्ड दिने सजाय सुनाइएको थियो । हुसेनलाई २००६ को डिसेम्बर ३० मा मृत्युदण्ड दिइएको थियो । तर अमेरिकाले दाबी गरेअनुसार इराकमा भने कुनै आम विनाशकारी हतियार भेटिएन । करिब दस वर्षपछि अमेरिकाले २०११ को डिसेम्बर १५ मा इराकमाथिको युद्ध अन्त्यको घोषणा गरेको थियो ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन सुरू, काठमाडौंमा त्रिविका ७ क्याम्पसमा भएन

सबैभन्दा बढी विद्यार्थी रहेको पीएन क्याम्पस र ठाकुरराम बहुमुखीमा पनि भएन निर्वाचन
कान्तिपुर संवाददाता

काठमाडौँ — देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनका लागि समय तोकिएको छ ।

काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा भने आइतबार निर्वाचन नहुने भएको छ । काठमाडौंकाे अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अरुमा मतदान सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव पशुपति अधिकारीले बताए । उनका अनुसार काठमाडौं बाहिर भने अधिकांश स्थानमा स्ववियु निर्वाचन सुरु भएको छ ।

सबैभन्दा बढी विद्यार्थी रहेका पृथ्वीनारायण क्याम्पस पोखरा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा पनि आज निर्वाचन नहुने भएको छ । आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।


बागबाजारको पद्मकन्या क्याम्पसमा मतदान गर्न लामवद्ध विद्यार्थीहरू । तस्बिर : इलिट जोशी/कान्तिपुर

निर्वाचन समितिका अनुसार ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचनको तयारी गरिएको छ । १३ क्याम्पसमा विवादका कारण स्थगित गरिएको छ । काठमाडौंस्थित पद्मकन्या बहुमुखी क्याम्पसका प्रमुख राजु मल्लले निर्वाचनका लागि ५ वटा बुथ निर्माण गरिएको जानकारी दिए । पद्मकन्यामा ५ हजार ६ सय १ मतदाता छन् । देशभरका ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार विद्यार्थी मतदाता छन् । काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांश स्ववियु चयन गर्ने प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी पढ्छन् । साढे ५ सय निजी कलेज छन् । अधिकारीले दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको बताए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । त्योबाहेक विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरेर निर्वाचन लड्न पाउने व्यवस्था पहिलो पटक राखिएको छ ।

प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×