ट्रम्पले भने- 'मंगलबार मलाई पक्राउ गर्न सक्छन्'- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पले भने- 'मंगलबार मलाई पक्राउ गर्न सक्छन्'

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफूलाई पक्राउ गर्नसक्ने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । न्युयोर्कका अभियोजनकर्ताले ट्रम्पले यौन सम्बन्ध रहेका भनिएका महिलाहरुलाई बोल्नबाट रोक्नका लागि दिएको रकमको छानबिन सुरु गरेका छन् ।

मेनहटन जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि यस विषयमा अनुसन्धान गर्दै आएको छ ।

'रिपब्लिकन पार्टीका उम्मेदवारहरूको प्रतिस्पर्धामा अग्रपंक्तिमा रहेका तथा अमेरिकी पूर्वराष्ट्रपतिलाई आगामी साताको मंगलबार पक्राउ पर्न सक्छन,' ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

अमेरिकी सञ्चार माध्यमहरुले भने यस विषयमा जिल्ला वकिलको कार्यालयले केही प्रतिक्रिया नजनाएको उल्लेख गरेका छन् । त्यसैगरी ट्रम्प र उनका प्रतिनिधिले पनि यस विषयमा थप जानकारी दिएका छैनन् ।

ट्रम्पले आफ्ना समर्थकहरूलाई मंगलबार प्रदर्शन गर्न आह्वान गरेका छन् ।

प्रकाशित : चैत्र ४, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

एपीएफमाथि मनाङको पुनरागमन जित

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिमान आठ पल्टको च्याम्पियन मनाङ मर्स्याङ्दीले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा शनिबार एपीएफलाई हराएर अंक तालिकको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट पुनरागमन रच्दै मनाङले एपीएफलाई २–१ ले हराएको हो ।

मनाङका लागि कमल थापाले ५२ र सयिद जमोलले ७२ औं मिनेटमा गोल गरे । एपीएफले भने अरमान्ड बेडोमको गोलले ३५ औं मिनेटमा अग्रता लिएको थियो । यो जितपछि मनाङको पाँच खेलबाट ११ अंक भएको छ ।

यो शीर्ष स्थानमा रहेको सातदोबाटोसँग एक अंकको मात्र दूरी हो । चर्च ब्वाइजको पनि समान ११ अंक भए पनि गोल अन्तरले मनाङ अगाडि रहेको हो । एपीएफ भने ७ अंकमा छैटौं स्थानमा झरेको छ ।


प्रकाशित : चैत्र ४, २०७९ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×