टर्कीमा फेरि भूकम्पको शक्तिशाली धक्का‚ अहिलेसम्म १३ सयभन्दा बढीको मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टर्कीमा फेरि भूकम्पको शक्तिशाली धक्का‚ अहिलेसम्म १३ सयभन्दा बढीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — टर्कीमा फेरि भूकम्पको अर्को धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ । टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था न्युयोर्क टाइम्सले भने भूकम्पमा १३ सयभन्दा धेरैको मृत्यु हुनुका साथै हजारौं घाइते भएको जनाएको छ ।

यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

सोमबारको भूकम्पमा भने ४० सेकेन्डसम्म भूकम्पले हल्लाइरहेको महसुस गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रकाशित : माघ २३, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

दोलखामा ट्याक्टर दुर्घटना‚ १ जनाको मृत्यु

केदार शिवाकोटी

काठमाडौँ — दोलखाको बिगु गाउँपालिका ४ लादुकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । ना ५ ख ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोमबार दिउँसो २४ वर्षीय किसान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना २३ वर्षीय रामबहादुर नेपाली र २५ वर्षीय जीवन नेपाली र १८ वर्षीय सुरज खत्री घाइते भएका छन् । घाइते २ जनाको दोलखा धुलिखेल अस्पताल र १ जनाको सिंगटीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २३, २०७९ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×