कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सञ्चारगृहमाथिको धरपकड सह्य हुन्न : महासचिव दिरेकलाल श्रेष्ठ

काठमाडौँ — मिडिया एलाइन्स नेपालका महासचिव दिरेकलाल श्रेष्ठले सञ्चारगृहमाथि भएको प्रहरीको धरपकड सह्य नहुने बताएका छन् । बुधबार कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारगृहमा भएको आक्रमणमा शून्य सहनशीलता रहेको स्पष्ट पारे ।

सञ्चारगृहमाथिको धरपकड सह्य हुन्न : महासचिव दिरेकलाल श्रेष्ठ

गृहमन्त्री लामिछानेले मंगलबार पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै गएर पक्राउ गर्नु 'जुन थालमा खायो त्यो थालमा थुकेको' आभास भएको बताए । उनले भने, 'रवि जी पनि पहिला मिडियाकर्मी नै हुनुन्थ्यो । तर अहिले मिडियामाथि नै आक्रमण गर्नु भएको छ। मिडियालाई यस्तो नगर्न म आग्रह गर्छु ।'

गृहमन्त्रीले पहिला बाह्र भाइ भनेर भनेको अब हिजोदेखि बाह्र भाइ मात्रै नभएर सबै भाइ एकै ठाउँमा आएको बताए । उनले भने, 'सधैं कराएर मात्रै काम हुँदैन । मिडियामा हुँदा पनि कराउनु भयो, माथि गएर पनि कराइरहनु भएको छ ।'

उनले मिडियाकर्मीलाई आक्रमण गर्नु सह्य नहुने बताए । उनले गृहमन्त्रीसँग पारिवारिक सम्बन्ध रहेको बताउँदै गृहमन्त्री लामिछानेलाई संयम हुन आग्रह गरे । उनले भने, 'तपाईंलाई देशको गृहमन्त्री जस्तो बन्न आग्रह गर्छु । उनले सिधाकुरा चलाए जस्तो नगर्न आग्रह गर्छु ।'

प्रकाशित : जेष्ठ ९, २०८१ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×