माघ २५ देखि क्यान इन्फोटेक मेला
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — यही माघ २५ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक-२०२४ सञ्चालन हुने भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![माघ २५ देखि क्यान इन्फोटेक मेला](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/thumb-0122024115751-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बिहीबार पत्रकार सम्मेलन गरेर क्यान इन्फोटेक मेलाबारे जानकारी गराएको हो । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाए । उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले मेला गर्न लागिएको बताए ।
माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने क्यान इन्फोटेक मेलाको यो २९ औं संस्करण हो । उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र यस अन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको बताए ।
उनले क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबर्टको बेटा संस्करण सार्वजनिक हुने जानकारी दिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)