विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

पुस ५, २०७९

कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छ...

टाइब्रेकरमा अर्जेन्टिना विश्व च्याम्पियन

नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

पहिलो हाफमा अर्जेन्टिना २ गोलले अगाडि

अर्जेन्टिनाले विश्वकप २०२२ को फाइनलको मध्यान्तर हुँदा २–० को अग्रता लिएको छ । उसले विश्वकप उपाधि सम्भावना बलियो बनाएको छ । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले पेनाल्टीबाट पहिलो गोल गरे ।

अन्डरडग्समै खुसी अर्जेन्टिना

डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग आइतबार विश्वकपको फाइनल खेल्ने तयारी गरिरहँदा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज आफ्नो टोली ‘अन्डरडग्स’ भएकोमै खुसी छन् । लुसेल रंगशालामा हुने फाइनलमा उत्रँदा अर्जेन्टिनासँग गत वर्षको कोपा अमेरिकाको सफलता अनुभव र लियोनेल मेसीको उत्कृष्ट लय हुने मार्टिनेज बताउँछन् ।

क्रोएसियालाई ‘नचाहेको’ तेस्रो स्थान

मिस्लाभ ओर्सिचले कर्लिङ प्रहारमा विजयी गोल गरेपछि क्रोएसियाले शनिबार मोरक्कोलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । कतारमा एक स्टारमध्ये जस्को गभार्डिओलले दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसियालाई सातौं मिनेटमै अग्रता दिलाए ।

मेसीलाई अन्तिम अवसर

कतारमा पहिलोपल्ट विश्वकप सुरु हुने बेला दुई खेलाडी खुबै चर्चामा थिए– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलले पाएका सर्वकालीन महान् खेलाडीमध्येका यी दुई विश्वकप जित्ने अन्तिम प्रयासमा थिए । पोर्चुगलको हारसँगै रोनाल्डोको सम्भावना क्वाटरफाइनलमै सकियो ।

फ्रान्सेली विश्वकप टोलीभित्र ‘रहस्यमय भाइरस’

अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल रंगशालामा हुने फाइनलको दुई दिनअघि प्रशिक्षण गुमाएका हुन् ।

समूह चरणमा तीन टिममात्र प्रस्ताव

चार वर्षपछि हुने अर्को विश्वकपमा एउटा समूहमा ३ टोलीमात्र राखिने योजना विश्व फुटबल महासंघ (फिफा) ले बनाइरहेको अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार जानकारी गराएका छन् । फिफाले यसअघि नै २०२६ को विश्वकपमा ३२ बाट बढाएर ४८ राष्ट्र राखिने घोषणा गरिसकेको छ ।

विश्वकपमा एक्लै छाएकाहरू

कतार विश्वकप २०२२ को आइतबार हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दै छ । यो हुनेछ लियोनल मेसीविरुद्ध केलियन एमबाप्पेबीचको खेल । के यो विश्वकप मेसीको विश्वकपका रूपमा सम्झिने छ वा एमबाप्पेले फेरि चार वर्षअगाडि रुसमा हात पारेको सफलता दोहोर्‍याउने छन् ? यसै पृष्ठभूमिमा विश्वकप इतिहास पल्टाउने हो भने त्यस्ता ६ खेलाडीको सूची बनाउन सकिन्छ । जसले सिंगो प्रतियोगितामै आफ्नो एक्लो छाप छोड्न सफल भएका छन् । एएफपीले तयार पारेको सामग्री :

अब ‘हेभिवेट’ भिडन्त

फ्रान्सले विश्वकप फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । यो हुनेछ केलियन एमबाप्पेको लियोनल मेसीसँगको भिडन्त पनि । डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधबार ‘अन्डर डग’ मोरक्कोलाई २–० ले हराएपछि फाइनलमा दुई ठूला टिमबीच हेभिवेट भिडन्त हुन लागेको हो । यसैक्रममा फ्रान्ससामु ६० वर्षयता पहिलोपल्ट लगातार विश्वकप जित्ने टिम हुने अवसर छ ।

मोरक्कोको प्रदर्शनमा गर्व

मोरक्को आखिरमा विश्वकप फाइनल प्रवेशबाट एकै पाइलाले मात्र चुक्यो । तर, मोरक्कोवासीका लागि कतारमा आफ्नो टिमको प्रदर्शन सर्वथा गर्व गर्न लायक रह्यो । बुधबारको दोस्रो सेमिफाइनलमा मोरक्को डिफेन्डिङ च्याम्पियन फ्रान्सको हातबाट २–० ले पराजित रह्यो । कासाब्लान्काका फुटबलप्रेमी ओसमा अब्दोह भन्छन्, ‘हाम्रा खेलाडीले निकै राम्रो खेले तर भाग्य हाम्रो टिमको पक्षमा रहेन ।’

म्याराडोनालाई पछ्याउँदै मेसी

आकासे र सेतो धर्से जर्सी लगाएका अर्जेन्टिनी समर्थकले एउटा नयाँ गीत बनाएका छन् । त्यसले भन्छ, ‘म्याराडोनाले स्वर्गबाट मेसीलाई जयजयकार गर्दैछन् ।’ 

परिचय फेर्दै कराँचीको एउटा बस्ती

कुनै समय त्यस्तो थियो, जतिबेला भित्री कराँचीको छिमेकी बस्ती लयारी गरिबी र हिंसाका लागि चिनिन्थ्यो । अहिले स्थिति फेरिएको छ र त्यहाँका आम फुटबलप्रेमीमा अर्जेन्टिनी टिमको बास बसेको छ । र, तिनीहरूको विश्वास छ, आइतबार हुने फाइनलमा जित्ने अर्जेन्टिनाले नै हो । बुधबार बिहान सबेरै लयरी क्षेत्रका फुटबलप्रेमी सडकमै निस्के र अर्जेन्टिनाले सेमिफाइनलमा प्राप्त जितको खुसीयाली मनाए ।

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।

फ्रान्ससँग मोरक्कोको अर्थपूर्ण प्रतिस्पर्धा

कतारमा जारी विश्वकप २०२२ को सेमिफाइनल खेलमा बुधबार मोरक्को र फ्रान्स भिड्दैछन् । यस पटकको विश्वकपमा एक गोल पनि नखाइ सेमिफाइनलसम्म आउँदै इतिहास बनाएको मोरक्कोका लागि यो खेल निकै अर्थपूर्ण मानिएको छ ।

कूटनीतिक तनावबीच मोरक्कोको समर्थन

उनको आफ्नो देशको कूटनीतिक तनाव छ मोरक्कोसँग । तर त्यसका बावजुत ट्युनिसियाली वासिम सुल्तानी मोरक्कोकै समर्थन गरिरहेका छन् । आखिरमा मोरक्को विश्वकप फुटबलको इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश हो । 

फ्रान्सलाई रोक्ला मोरक्कोले ?

कतारमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले फाइनलमा स्थान बनाउने होडमा बुधबार डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग अल बायत रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।

क्रोएसियालाई ३‍-० ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

कप्तान लियोनल मेसीप्रेरित अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसियामाथि ३–० को सानदार जित निकाल्दै विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । विश्व फुटबलले पाएको सर्वकालीन महानमध्येका एक खेलाडी ३५ वर्षीय मेसी पाँचौँ प्रयासमा विश्वकपको उपाधि जितेर आफ्नो करिअरलाई सार्थक बनाउन चाहन्छन् ।