
काठमाडौँ — अर्जेन्टिनाले विश्वकप २०२२ को फाइनलको मध्यान्तर हुँदा २–० को अग्रता लिएको छ । उसले विश्वकप उपाधि सम्भावना बलियो बनाएको छ । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले पेनाल्टीबाट पहिलो गोल गरे ।

उनले खेलको २३ औं मिनेटमा गोल गरेका हुन् । दोस्रो गोल भने एन्जेल डे मारियाले गरे । अर्जेन्टिनाले मैदानको आफ्नो हाफबाट बुनेको बलमा डि मारियाले ३६ औं मिनेटमा सुन्दर गोल गरेका हुन् ।
अर्जेन्टिना सुरुदेखि आक्रामक भएर मैदानमा उत्रेको थियो र त्यसको फाइदा लिन पनि सफल रह्यो । डिफेन्डिङ च्याम्पियन फ्रान्सले भने अहिलेसम्म कुनै उल्लेखनीय आक्रमण बुन्न सकेको छैन ।
