कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमबाप्पेलाई गोल्डेन बुट

काठमाडौँ — फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्ड पाएका छन् ।

एमबाप्पेलाई गोल्डेन बुट

उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरेका थिए । उनले अर्जेनन्टिनासँगको फाइनलमा २–० ले पछाडि परेको अवस्थामा गोल फर्काएर खेललाई थप रोमाञ्चक बनाएका थिए ।

८०औं मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेलगत्तै अर्को मिनेटमा गोल गरेपछि खेल बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा फेरि पछाडि परेको अवस्थामा ह्याट्रिक पूरा गर्दै खेल ३–३ को बराबरी ल्याएका थिए ।

प्रकाशित : पुस ४, २०७९ ००:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?