कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशस्तरीय अन्तर मावि भलिबलको फाइनल आज

अमृता अनमोल

बुटवल — बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तर मावि छात्र, छात्रा भलिबल प्रतियोगिताको आज उपाधिका लागि भिडन्त हुँदै छ ।मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रामनगरस्थित खेलमैदानमा दिउँसो १ बजेदेखि फाइनल प्रतियोगिता सुरु हुने छ ।

लुम्बिनी प्रदेशस्तरीय अन्तर मावि भलिबलको फाइनल आज

छात्रतर्फ न्यु होराइजन मावि र मणिमुकुन्द माविले उपाधिका लागि प्रतिश्पर्धा गर्ने छन् । न्यु होराइजनले सिद्धार्थ बोर्डिड स्कुल र मणिमुकुन्दले सेन्ट जोसेफलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

छात्रातर्फ एभरेष्ट र न्यु होराइजन मावि बुटवलले उपाधिका लागि भिड्ने छन् । आइतबार एभरेष्टले कुवरवर्ती र होराइजनले सिद्धार्थ माविलाई पराजित गरेको प्रतियोगिताका खेल संयोजक बुद्धि गुरुडले बताए । असार १४ गतेदेखि सुरु प्रतियोगितामा छात्र १२ र छात्रा ७ टिम गरी १९ टिम सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले ७० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । द्वितीयलाई ५० हजार नगद रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र दिइने छ । तृतीयले ३० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । सान्त्वनालाई १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र दिइने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

प्रकाशित : असार १८, २०८० ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?