कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

कूटनीतिक तनावबीच मोरक्कोको समर्थन

एएफपी

ट्युनिस — उनको आफ्नो देशको कूटनीतिक तनाव छ मोरक्कोसँग । तर त्यसका बावजुत ट्युनिसियाली वासिम सुल्तानी मोरक्कोकै समर्थन गरिरहेका छन् । आखिरमा मोरक्को विश्वकप फुटबलको इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश हो । 

कूटनीतिक तनावबीच मोरक्कोको समर्थन

उत्तरी अफ्रिकी देशको राजधानी ट्युनिसमा फलफूल वित्रेता रहेका ४१ वर्षीय सुल्तानी भन्छन्, ‘फुटबलको मैदानमा राजनीति भन्ने हुन्न । अरबको जुनसुकै देश होस् त्यस टिमप्रति हाम्रो समर्थन छ ।’

अझ उनी थप्छन्, ‘फुटबलले सबैलाई एकजुट गर्छ, जबकि राजनीतिले विभाजनमात्र गर्छ ।’ ‘लायन्स अफ एटलस’ उपनामले चर्चित मोरक्कोले शनिबार सेमिफाइनल यात्रा तय गर्न पोर्चुगललाई हराएको थियो । पोर्चुगल खासमा मोरक्को पूर्व औपनिवेशिक देश हो । बुधबार डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दा मोरक्कोप्रति अफ्रिका र अरब देशका सबैको समर्थन रहने छ । सन् १९९० यता तीन अफ्रिकी देशले विश्वकपमा क्वाटरफाइनलसम्म यात्रा तय गरेका छन् । ती हुन् क्यामरुन, घाना र सेनेगल । तर मोरक्को सेमिफाइनल पुग्ने अहिलो अफ्रिकी देश हो । सुल्तानी त खासमा प्रतिनिधिपात्र मात्र हुन्, पश्चिम सहारा क्षेत्रका लागि ट्युनिसिया र मोरक्कोबीच विवाद रहे पनि धेरैले ट्युनिसियालीले मोरक्कोकै समर्थन गरिररहेका छन् ।

गत अगस्टमै मात्र मोरक्कोले ट्युनिसबाट आफ्ना राजदूत फिर्ता बोलाएका थिए । त्यसअगाडि ट्युनिसियाली राष्ट्रपति काइस सइदले पश्चिम सहाराबाट स्वतन्त्रताका लागि प्रयास गरिरहेको पोलिसारियो फ्रन्टलाई समर्थन गरेका कारण राजदूत फिर्ता बोलाइएको थियो ।

मोरक्कोले सइदको भनाइ सर्वथा अस्वीकार रहेको बताउँदै खनिज पदार्थका लागि धनी पोलिसारियो फ्रन्ट आफ्नो देशका अभिछिन्न भाग रहेको बताएको छ । ट्युनिसमा कागतीको व्यापार गर्दै आएका ३५ वर्षीय हम्जा अयरी भन्छन्, ‘जतिबेला खेल सुरु हुन्छ, राजनीतिक समस्याको समाधान हुन्छ । हाम्रो लागि सबैभन्दा ठूलो कुरा भनेको अरबको देशले जित्नु हो ।’ आजभोलि ट्युनिसका सडकछेउ रहेका पसलमा मोरक्कोको संगीत बज्न थालेको छ ग्राहकलाई आकर्षित गर्न ।

यस्तै अहिले मोरक्कोको रातो जर्सी पनि जताततै प्रदर्शनीमा राखिएको छ । ट्युनिसियाका पत्रपत्रिकाले पनि पोर्चुगलमाथि मोरक्कोको जितमा खुबै प्रशंसा गरेका छन् । ला प्रेस पत्रिकाले लेखेको छ, ‘स्पेनपछि मोरक्कोले पोर्चुगलमाथि पनि बहादुरीपूर्ण खेल खेलेको छ ।’

मोरक्कोको खास प्रतिद्वन्द्वी टिम हो अल्जेरिया । यो टिम विश्वकपका लागि छनोट हुन सकेको थिएन । अहिले त्यहाँ पनि मोरक्को छाएको छ । निजी पत्रपत्रिकाले पनि मोरक्कोले तय गरेको सेमिफाइनल यात्राको प्रशंसा नै गरेका छन् ।

अल्जेरियाको रिपोर्टर्स पत्रिकाले लेखेको छ, ‘मोरक्को बलियो रक्षापंक्तिको मदतमा सेमिफाइनल पुगेको हो । सुदृढ र प्रभावशाली प्रदर्शन मदतमा मोरक्कोले यो सफलता चुमेको हो ।’

अल्जेरियाका सरकारी कर्मचारी ४५ वर्षीय सलिम पनि विश्वकपका बेला आफ्नो देश र मोरक्कोबीचको तनावले खासै अर्थ नराख्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले अल्जेरियालीहरू मोरक्को टिमको समर्थनमा छन् । हामी मोरक्कोको जितमा खुसी छौं ।’

ट्युनेसियाली समाजशास्त्री मोहम्मद जुली उत्तरी अफ्रिकी देशले मोरक्कोको समर्थन गर्नु पछाडि फ्रान्सेली उपनिवेशको इतिहास कारण रहेको मान्छन् । उनी भन्छन्, ‘यस क्षेत्रका देश फ्रान्सँग आर्थिक, सैनिक र भूगोलका आधारमा फ्रान्सलाई हराउन सक्दैनन् । तर त्यही फ्रान्सको फुटबल टिमसँग ९० मिनेट बराबरी हैसियतले खेल्न सक्छ अनि फ्रान्सलाई हराउन पनि सक्छ ।’ अरबका समर्थकहरू पनि अहिले खुलेर मोरक्कोको समर्थनमा अगाडि आएका छन् ।

युसेफ एन–नेसेरी (मोरक्को) : विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्को टोलीका इतिहास हुन् नेसेरी । उनकै गोलमा मोरक्कोले क्वाटरफाइलनमा पोर्चुगललाई १–० ले हराएको थियो । उनले मोरक्को यो ऐतिहासिक यात्रामा ५ खेल खेल्दै २ गोल गरिसकेका छन् । अर्को गोल उनले क्यानडाविरुद्ध गरेका थिए । ६ फिट २ इन्च अग्ला उनले आफ्नो अधिकांश समय स्पेनिस लिगमा खेलेका छन् । मालागा, लेगानेज हुँदै हाल सेभियाबाट खेलिरहेका नेसेरीले मोरक्कोको राष्ट्रिय टोलीबाट ५५ खेलमा १७ गोल गरेका छन् ।

प्रकाशित : मंसिर २८, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?