कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

यू–१९ भलिबलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

काठमाडौँ — राजधानीमा हुने सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजकमा सीजी फुड्सको वाईवाई र मिडिया पार्टनरमा केएमजीको कान्तिपुर म्याक्स टेलिभिजन जोडिएका छन् ।

यू–१९ भलिबलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

प्रतियोगिता आइतबारदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ । तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको हलमा आयोजित कार्यक्रममा शुक्रबार सहाना प्रधान फाउन्डेसनकी अध्यक्ष रामकुमारी झाँक्री, सीजी फुड्सका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनी र कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक शिशिर पछाईंबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यू–१९ टिम भन्नेबित्तिकै युवाको सहभागिता हुने र भविष्यमा तिनै युवाले राष्ट्रिय टोलीको नेतृत्व गर्ने भएकाले त्यो टोलीसँग आफ्नो ब्रान्ड जोडिन पाउँदा खुसी लागेको बताए । कान्तिपुरका कार्यकारी निर्देशक पछाईंले क्रिकेट, फुटबल, फुटसलका साथै राष्ट्रिय खेल भलिबलको यू–१९ प्रतियोगितालाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेर यसको दायरा फराकिलो पार्ने बताए ।

ग्रासरुट स्तरदेखि नै भलिबल विकासमा लाग्ने अवधारणाबमोजिम सातै प्रदेशका महिला तथा पुरुष यू–१९ टिम सहभागी रहने प्रतियोगितामा सीजी फुड्स र कान्तिपुर म्याक्स टेलिभिजन जोडिनु आयोजकका लागि गर्वको कुरा भएको फाउन्डेसनकी अध्यक्ष झाँक्रीले बताइन् । सात प्रदेशका महिला तथा पुरुष टिमले भाग लिने प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टेलिभिजनबाट हुनेछ ।



प्रकाशित : असार ८, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×