कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युरो २०२४, प्लेयर टु वाच : डोमिनिक सोबोस्लाई

काठमाडौँ — युरो २०२४ को शनिबार समूह ‘ए’ को दोस्रो खेलमा हंगेरीले स्विटजरल्यान्डको सामना गर्नेछ । नेपाली समय अनुसार खेल साँझ ६:४५ मा सुरु हुनेछ । खेल कोलोनको कोलोन स्टेडियममा हुनेछ । त्यस खेलमा पछ्याउन लायक खेलाडी रहनेछन्, हंगेरीका डोमिनिक सोबोस्लाई ।

युरो २०२४, प्लेयर टु वाच : डोमिनिक सोबोस्लाई

हंगेरीको फुटबलले पाएका पछिल्ला स्टार खेलाडी हुन्, डोमिनिक सोबोस्लाई । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका लागि व्यवसायिक खेल खेल्ने उनी भर्खर २३ वर्षका भए । उनी यस युरोमा सबैभन्दा कान्छा कप्तान समेत हुन् । उनकै खेलको वरीपरी पूरा हंगेरी टिम रहने गर्छ । मिडफिल्डरका रूपमा सबै खाले भूमिका निभाउन सक्षम छन् । सन् २०२० को युरो भने उनले चोटका कारण गुमाएका थिए । उनको अनुपस्थितिमा फ्रान्स र जर्मनी जस्ता हेभिवेटविरुद्धको खेल बराबरीमा टुंगेको थियो ।

यसै कारण टिम चाँडै घर फर्किन बाध्य रह्यो । यही एक कारणले पनि साबोस्लाई यसपल्ट राम्रो प्रदर्शनका लागि प्रेरित छन् । उनी भन्छन्, ‘हामी सक्दो टाढा जान चाहन्छौं । टिमबीच गज्जबको एकता छ । हामी प्रतियोगितामा ठूलो उत्साहले उत्रिरहेका छौं, किनभने हामीलाई गुमाउनु पनि केही छैन् ।’ लिभरपुल आउन अगाडि उनी आरबी लाइपगिजका लागि खेलेका थिए र त्यस अर्थमा उनलाई जर्मनीमा खेलेको पनि राम्रो अनुभव छ ।

प्रकाशित : असार १, २०८१ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x