कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

खुसी हुन नसकेको इंग्ल्यान्डको जित

काठमाडौँ — जुड बेलिङ्घमको एकमात्र गोल मद्दतमा इंग्ल्यान्डले सोमबार सर्बियालाई युरो च्याम्पियनसिपमा १–० को विजयी सुरुआत लिएको छ । तर, यो खुसी हुन नसकेको जित रह्यो । इंग्ल्यान्डले उपाधि जित्छ भन्ने दाबीमा पनि दुविधा उत्पन्न भएको छ । बेलिङ्घमको प्रदर्शन भने आफैंमा उच्च रह्यो ।

खुसी हुन नसकेको इंग्ल्यान्डको जित

रियल म्याड्रिड स्टारले १३ औं मिनेटमा हेडबाट गोल गरेका थिए । तर एउटा टिमका रूपमा इंग्ल्यान्डको प्रदर्शन उच्च रहेन । यसले त्यस्तो जित निकाल्न सकेन, जस्तो फ्रान्स र स्पेनले हात पारेका छन् ।

युरो जत्तिको ठूलो प्रतियोगितामा इंग्ल्यान्डसँग ठूलो आस रहे पनि इंग्ल्यान्डले पछिल्ला ५ खेलमा एकै जितमात्र निकालेको छ । टोलीले लय गुमाएको संकेत दिएको छ । रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएका बेलिङ्घमले भने पूरा खेलमा आफ्नो प्रभाव छाडे । उनले भने, ‘यो खेलपछि मैले प्रत्येक प्रतिस्पर्धामा आफ्नो छाप छोड्न सक्छु र मेरो कारणले खेलको दिशा बदलिन्छ भन्ने आत्मविश्वास पलाएको छ ।’

उनले थपे, ‘मैले जानेको एउटै भनेको फुटबल खेल्नु हो र फुटबल खेलेर नै मलाई खुसी मिल्छ । त्यसैले मैदानमा प्रवेश गर्दा म कहिले पनि दबाब महसुस गर्दिनँ ।’ अर्कोतर्फ इंग्लिस व्यवस्थापक गारेथ बेलले भने आफ्नो टिमले दोस्रो हाफमा राम्रो गर्न नसकेको स्वीकारे । उनले भने, ‘हामी केही हदसम्म दबाबमा देखियौं । तर हामीले जुन प्रकारको बलियो रक्षापंक्तिको नमुना पेस गर्‍यौं, त्यसमा भने म खुसी छु ।’ बेलले चोटका कारण नखेलेका केही प्रमुख खेलाडीको स्थानमा नयाँलाई अवसर दिएका थिए ।

प्रकाशित : असार ४, २०८१ ०६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×