कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२४ वर्षयता रोमानियाको पहिलो जित

सन् २००० मा पछिल्लो पटक रोमानियाले समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरेको थियो

काठमाडौँ —  रोमानियाले युरोको समूह ‘ई’ को आफ्नो पहिलो खेलमा युक्रेनमाथि सोमबार ३–० को प्रभावशाली जित निकालेको छ । युरो च्याम्पियनसिपमा रोमानियाको यो २४ वर्षयताको पहिलो जित हो । जितसँगै रोमानियाले बेल्जिमम र स्लोभाकियासम्मिलित समूहमा आफूलाई बलियो स्थितिमा कायम राखेको छ ।

२४ वर्षयता रोमानियाको पहिलो जित

सन् २००० यता युरोमा रोमानियाले पहिलो जित हात पार्न सफल भएको हो । रोमानिया छनोट चरणमा अपराजित थियो । अहिलेको जितसँगै रोमानिया प्रतियोगिताकै बलियो टिम साबित भएको छ । खेलको २९ औं मिनेटमा निकोलाय स्टानक्लुले गोल गर्दै रोमानियालाई अग्रता दिलाए ।

उनले यसका लागि २० यार्डबाट शक्तिशाली प्रहार गरेका थिए । दोस्रो हाफमा रोमानियाले ५ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । राजभान मारिनले ५३ औं मिनेटमा दोस्रो गोल गरे । यो पनि लामो दूरीबाट शक्तिशाली प्रहारमै सम्भव भएको थियो । यस्तै डेनिस ड्रागसले ५७ औं मिनेटमा तेस्रो गोल थपे । उनले नजिकको दूरीबाट बललाई ‘ट्याप’ गर्दै पोस्टका दिशा दिए ।

दोस्रो हाफको अधिकांश समयको खेल युक्रेनको पकडमा रहे पनि टोलीले गोल गर्न सकेन । सन् २००० मा अन्तिम पटक रोमानियाले समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरेको थियो । युत्रेन भने सन् २०२२ मा रुसी अतिक्रमणपछि फुटबलको पहिलो ठूलो प्रतियोगिता खेलिरहेको छ ।

प्रकाशित : असार ४, २०८१ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×