२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ठमेलमा बाँस्केटबल प्रतियोगिता सुरु

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बाँस्केटबल प्रतियोगिता सुरु भएको छ । ‘बन टु हुप क्लब’ को आयोजनामा आजदेखि गोदावरी अल्मुनाई एशोसियशनको सभाहल ठमेलमा सुरु भएको प्रतियोगितामा २३ समूहको सहभागिता रहेको छ ।

ठमेलमा बाँस्केटबल प्रतियोगिता सुरु

प्रतियोगिताको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 'खेलकुदको माध्यमबाट युवालाई अनुशासित बनाउनका साथै स्वस्थ्य शरीर र मस्तिष्कको विकास गर्न, समग्र खेल क्षेत्रको उत्थान गनए प्रतियोगिताले सहयोग पुग्नेछ,' उनले भने ।

प्रतियोगितामा १७ पुरुष र छ महिला समूह सहभागी छन् । शनिवार र आइतबार सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम समूहलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रोलाई १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने समूहलाई सात हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक सोजेश मालाकारले जानकारी दिए। पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : असार १, २०८१ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x