कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

क्यानडासँगको अभ्यास खेलमा नेपाल पराजित

विनोद पाण्डे

डालास, अमेरिका — नेपाल आईसीसी पुरुष ट्वान्टी २० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा १ सय ८४ रनको लक्ष्य लिएर आएको नेपाल १९.३ ओभरमा १ सय २० रनमै अलआउट भयो ।

क्यानडासँगको अभ्यास खेलमा नेपाल पराजित

सागर ढकाल (५) र अविनाश बोहरालाई डिलोन हेलिगरले लगातार बलमा आउट गरी क्यानडालाई सजिलो विजय दिलाएका थिए । हेलिगरले २.३ ओभरमा २० रन खर्चेर २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डोन र कप्तान साद जाफरले २–२ तथा कलिम साना र प्रगत सिंहले १–१ विकेट लिए ।

कुशल मल्लले नेपालबाट सर्वाधिक ३७ रन बनाए । १९ औं ओभरमा आउट हुनु पूर्व उनले ३० बल खेली समान २ चौका र छक्का प्रहार गरे । ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौकासहित १० र आसिफ शेख २२ बल खेली ३ चौका प्रहार गरि २२ रनमा आउट भए ।

अनिल साहले २४ रन बनाए । उनले १६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल १, सन्दीप जोरा ६, गुलशन झा शून्य, सोमपाल कामी ४ र करण केसी ५ रनमा आउट भए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ८३ रन बनाएको थियो । करणले फालेको अन्तिम ओभरमा २१ रन जोडेर क्यानडाले बलियो स्कोर बनाएको हो । रविन्द्रपाल सिंहले अन्तिम ओभरमा दुई छक्का प्रहार गरे । उनी १७ बलमा १ चौका र ४ छक्कासहित ४१ र हेलिगर ७ बलमा २ चौका प्रहार गरी १३ रन बनाई अविजित रहे ।

निकोलास कृतनले क्यानडाले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । एरोन जोनसन १०, प्रगत सिंह १३ रनमा आउट भए । नेपालबाट अविनाश बोहराले २ विकेट लिए । उनले ३ ओभरमा २७ रन खर्चे । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र सागर ढकालले १–१ विकेट लिए ।

खेल ‘क्लोज डोर’ खेलाइएकाले दर्शकहरू रंगशालामा गएर खेल हेर्न पाएका थिएनन् । ठूलो संख्यामा आएका दर्शक खेल हेर्न नपाएपछि रंगशालाको ढोकाबाट निराश भएर फर्किएका थिए । सोमबार अमेरिकामा सार्वजनिक बिदा रहेकाले दर्शकहरू ठूलो संख्यामा आए पनि आयोजकले उनीहरूलाई रंगशाला भित्र छिर्न दिएको थिएन ।

प्रकाशित : जेष्ठ १५, २०८१ ०५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×