कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रिन्सलाई ओलम्पिक तयारी गर्न खेल सामग्री

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामग्री प्रदान गरेको छ ।

प्रिन्सलाई ओलम्पिक तयारी गर्न खेल सामग्री

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनको उपस्थितिमा प्रिन्सलाई खेल सामग्री हस्तान्तरण गरे । प्रिन्सलाई र्‍याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरिएको हो ।

प्रिन्स केही दिनअघि वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । कुनै पनि गृष्मकालीन ओलम्पिकका लागि नेपाली ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन लागेको पहिलो अवसर हो ।


प्रकाशित : जेष्ठ २, २०८१ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×