कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ सोमबार आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरेका हुन् । 

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको नेपालको जर्सी केल्मीले तयार गरेको हो । अमेरिका र वेस्ट इन्डिजमा जुन ४ देखि विश्वकप सुरु हुनेछ ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपाल विश्वकपको समूह 'डी' मा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँगै छ । विश्वकपअघि तयारीस्वरुप नेपालले घरेलु भूमिमा वेस्ट इन्डिज 'ए' टिमसँग ५ खेलको ट्वान्टी–२० शृंखला खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा उक्त शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुने नेपाल क्रिकेट संघले जनाएको छ । पहिलोपल्ट वेस्ट इन्डिज टिम नेपाल आउन लागेको हो ।

प्रकाशित : चैत्र २७, २०८० ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×