कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

शंकरनगर क्रिकेट क्लब १ सय ६० रनले विजयी

सन्जु पौडेल

तिलोत्तमा — ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताअन्तर्गत डिभिजन 'बी'  को ग्रुप 'ए' को खेलमा शंकरनगर क्रिकेट क्लब विजयी भएको छ । 

शंकरनगर क्रिकेट क्लब १ सय ६० रनले विजयी

सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा शंकरनगरले साइ ग्लोबल क्रिकेट क्लब भैरहवालाई १ सय ६० को विशाल अन्तरले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरमध्ये ४१.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ४६ रनको स्कोर बनाएको थियो । शंकरनगरको तर्फबाट ब्याटिङमा महेन्द्र सुवेदी क्षेत्रीले ८५ रन, दर्शन राना मगरले ३३ र विवेक भण्डारीले २६ रन बनाउन सफल भएका थिए । शंकरनगरलाई ४५ रन अतिरिक्त प्राप्त भएको थियो ।

साइ ग्लोबलको तर्फबाट बलिङमा अल्दिप क्षेत्रीले ४, राहुल थापाले २, अविजित ज्ञवालीले २, अभिषेक कोहार र अब्दुल नदिम शेकले समान १/१ विकेट लिएका थिए ।

जवाफी व्याटिङमा उत्रिएको साइ ग्लोबलमात्र २३.५ ओभरमा ९६ रनमै सीमित हुन पुग्यो । उसका लागि ब्याटिङमा राहुल थापाले ३५ तथा बिन्दराम यादवले २१ रन जोड्न सफल भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोडन सकेनन् ।

साइ ग्लोबललाई उक्त योगफलमा रोक्न शंकरनगरका बलर रुपेश बस्यालले ४, रौनक श्रीवास्तवले २, केशव पौडेल र महेन्द्र सुवेदी क्षेत्रीले १/१ विकेट लिएका थिए । खेलमा शंकरनगरका रुपेश बस्याल प्लेयर अफ द म्याच घोषित भए ।

सोमबार ज्ञानोदय क्रिकेट क्लब तथा सैनामैना क्रिकेट क्लबबीच खेल हुने छ ।

प्रकाशित : चैत्र ४, २०८० १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×