इंग्लिस प्रिमियर लिग : सेफिल्डमाथि आर्सनलको कीर्तिमान
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सेफिल्ड — आर्सनलले इंग्लिस प्रिमियर लिगमा सोमबार सेफिल्ड युनाइटेडलाई ६–० ले पराजित गर्दै कीर्तिमान जित निकालेको छ । यससँगै आर्सनलले लिभरपुल र म्यानचेस्टर सिटीसँगै उपाधि होडमा कायम पनि रह्यो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![इंग्लिस प्रिमियर लिग : सेफिल्डमाथि आर्सनलको कीर्तिमान](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/arsenal-sheffield-0532024023206-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
भ्रमणकारी आर्सनलले पहिलो हाफमै पाँच गोलको अग्रता लिएको थियो । त्यसमा मार्टिन ओडेनगार्ड, ग्यार्ब्रिएल मार्टिनेल, केइ हार्भिटेज र डेक्लने राइले गोल गरे । एक गोल जेडेन बोगलको नाममा आत्मघती रह्यो ।
दोस्रो हाफमा बेन ह्वाइटले थप एक गोल गरे । यससँगै मिखेल आर्टेटाको टिम इंग्लिस माथिल्लो डिभिजनको इतिहासमै घर बाहिर लगातार तीन खेलमा पाँच अथवा त्यो भन्दा बढी गोल गर्ने टिम बन्यो ।
यसको ठीक विपरीत सेफिल्ड आफ्नो घरेलु मैदानका तीन खेलमा लगातार पाँच अथवा त्यो भन्दा बढी गोल खाने इंग्लिस माथिल्लो डिभिजनको क्लब भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)