कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

र्‍याफ्टिङ टोली हिमाञ्चल प्रदेश जाने

काठमाडौँ — भारतको हिमाञ्चल प्रदेशमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

र्‍याफ्टिङ टोली हिमाञ्चल प्रदेश जाने

मार्च ३ देखि १० सम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पूर्वाछानेले भाग लिने छन् । वैकल्पिक खेलाडीमा दीपेश पुन मगर रहेका छन् ।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठका अनुसार विश्व र्‍याफ्टिङ महासंघको आयोजना र भारतीय र्‍याफ्टिङ फाउन्डेसनको तत्वावधानमा उक्त च्याम्पियनसिप हुन लागेको हो ।

अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया छन् । शनिबार त्यसतर्फ जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×