कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रदेशस्तरीय फुटबल : हुम्ला र जुम्ला फाइनलमा प्रवेश

डीबी बुढा

जुम्ला — जुम्ला सदरमुकाम खलंगामा मंगलबारदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा हुम्ला र जुम्ला प्रवेश गरेका छन् । जुम्लाले सुर्खेतलाई र हुम्लाले कालिकोटलाई पराजित गरेर फाइनल प्रवेश गरेका हुन् । 

प्रदेशस्तरीय फुटबल : हुम्ला र जुम्ला फाइनलमा प्रवेश

सेमिफाइनलको पहिलो खेलमा खेल सुरु भएको ७ मिनेटमै गोल गरेर जुम्लाका रुवेन भण्डारीले १ गोल गरेर खाता खोले । सुर्खेतका भरत नंगालले ७३ औं मिनेटमा जवाफी गोल गरेर दुबै टिम बराबरीमा आए । खेलको अन्तिमसम्म पनि दुबै टिम १/१ गोल बराबरीमा भएपछि पेनाल्टी सुटआउटको माध्यम अपनाइएको थियो । जसमा जुम्लाले सुर्खेतलाई ५-६ गोल गर्दै जित हात पार्न सफल भएको आयोजक जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ । जुम्ला र सुर्खेत बीचको खेल निकै रोचक र कडा प्रतिस्पर्धाबीच सकिएको थियो ।

दोस्रो सेमिफाइनलको खेल कालिकोट र जुम्लाको बीचमा भएको थियो । कालिकोटलाई हुम्लाले १-२ गोल गर्दै पराजित गर्‍यो । खेल सुरु भएको ४ मिनेटमै हुम्लाका शिव रावतले १ गोल गरेर खाता खोले । १७ औं मिनेटमा अर्को गोल थपेर अनिल रावतले पेनाल्टी सुटआउटको माध्यमबाट गरेर अग्रता लिए ।

कालिकोटले १ गोल गरे पनि खासै अर्थ राखेन । नेपाली सेनाको परिमल चौरस्थित मैदानमा भएको खेलमा सेमिफाइनलका खेलहरु भए पनि सिमाचौरस्थित मैदानमा फाइनल खेल हुने एन्फा जुम्लाका महासचिव दीपेन्द्र हमालले जानकारी दिए ।

प्रदेशस्तरीय फुटबलमा हुम्ला, जुम्ला, मुगु, कालिकोट, सुर्खेत र जाजरकोट जिल्लाले सहभागिता जनाएका थिए ।


प्रकाशित : फाल्गुन १७, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×