कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कृष्णध्वज स्मृति टेबलटेनिसमा सुस्मितालाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राइम ग्लोबलकी सुस्मिता खड्काले आठौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा सोमबार स्वर्ण पदक जितेकी छन् । रेड टायल्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा सुस्मिताले ओमेगाकी योङगी पौडेललाई ११–६, ८–११, ११–८, ११–१ को सेटमा पराजित गरिन् ।

कृष्णध्वज स्मृति टेबलटेनिसमा सुस्मितालाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्कुलतर्फ यू–१४ ब्वाइज सिंगल्समा एभीएमका जयस्नु महर्जन पहिलो भए । उनले फाइनलमा एभरेस्टका आर्यन शाहीलाई ७–११, ११–३, ११–३, १२–१० को सेटमा हराए ।

प्रतियोगिताको यू–१२ ब्वाइज सिंगल्स फाइनलमा भासराका रिजन शाक्यले एभीएमका स्वर्णिम शाक्यालाई ११–९, ९–११, १२–१०, ११–१ ले हराएर पहिलो स्थानमा रहे । यू–१६ ब्वाइज सिंगल्समा एभीएमका प्रजिल भट्टराई विजयी भए । उनले फाइनलमा भासराका वचन विष्टलाई ११–२, ११–५, ११–५ को सोझो सेटमा हराए ।

एभीएमका विज्ञान राईले यू–१० ब्वाइज सिंगल्सको फाइनलमा आफ्नै टिमका आयांश शर्मालाई ११–४, ११–७, १०–१२, १५–१३ ले हराएर स्वर्ण जिते ।

प्रकाशित : फाल्गुन १४, २०८० २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×