२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महिला हक्कीमा आर्मी विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ ।

महिला हक्कीमा आर्मी विजयी

जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलले पराजित गर्‍यो । आर्मीका डमरा भट्टले २ र निलिमा पाण्डेले १ गोल गरे । मदन भण्डारीकी ‘प्लेयर अफ द म्याच’ सपना मण्डलले १ गोल गरिन् ।

अन्य खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशले सफलता पाए । कोशीले मधेश प्रदेशलाई ३–२ गोलले हरायो । कोशीकी सुप्रिया टिगाले २ तथा ‘प्लेयर अफ द म्याच’ हर्सिता कनौजियाले १ गोल गरे । मधेशका लागि प्रीति र शुभम्ले गोल गरे । लुम्बिनीले बागमती प्रदेशमाथि ५–० को सहज जित रच्यो । लुम्बिनीका ‘प्लेयर अफ द म्याच’ अनन्य बर्नवालले ह्याट्रिक गरिन् भने अर्चना साहिब र अर्टिकुलरकुमार बर्मायडले समान १–१ गोल थपे ।

प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजकसहित ८ टिम सहभागी छन् ।

विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगिता फागुन १९ सम्म चल्ने छ ।

प्रकाशित : फाल्गुन १४, २०८० २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x