कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जर्मन बुंडेसलिगा : लेभरकुजनको कीर्तिमान अपराजित यात्रा

एजेन्सी

लेभरकुजन — बायर लेभरकुजनले जर्मन बुंडेसलिगामा शुक्रबार अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । उसले मेन्जलाई २–१ ले हराउने क्रममा लिगका ३३ खेलमा अपराजित रहेको हो ।

जर्मन बुंडेसलिगा : लेभरकुजनको कीर्तिमान अपराजित यात्रा

यससँग ज्याभी एलोन्सोको लेभरकुजनले लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता खोलेको छ र कुनै नाटकीय खराब प्रदर्शनको शृंखला बाहेक उपाधि जित्ने निश्चित देखिएको छ ।

दस खेलाडीमा सीमित मेन्जविरुद्ध रोबर्ट एनडरिचले ६८ औं मिनेटमा निर्णायक गोल गरे । यस जितसँगै लेभरकुजनको २३ खेलबाट ६१ अंक भएको छ । बार्यन म्युनिक भने २२ खेलबाट ५० अंकमा दोस्रोमा छ ।

प्रकाशित : फाल्गुन १२, २०८० ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×