कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गण्डकी सेमिफाइनलमा

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशले सोमबार मनमोहन मेमोरियल राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार गण्डकीले कोशीविरुद्ध ४९ रनले जित निकाल्दै गण्डकी सेमिफाइनल पुगेको छ । टस जितेको गण्डकीले २५ ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनायो । जवाफीमा कोशीले २५ ओभरमा ९ विकेट गुमाई १ सय २४ रनमात्रै जोड्न सक्यो । 

गण्डकी सेमिफाइनलमा

प्लेयर अफ द म्याच भएका रोहित चन्दले ३४ रन, युगान्त खत्रीले ३२ रन र सरोजबहादुर खत्रीले २५ बटुले । कोशीका कीर्ति कामत र दिव्यांश बाँस्तोलाले १–१ विकेट लिए ।

कोशीबाट शिवांश बजगाईंले ३४ रन, रविन मण्डलले ३३ र रोशन साहले १४ रन जोडे । गण्डकीका समीर भुजेलले ३ विकेट लिए । रोहित चन्द र प्रकाश खनालले समान २ विकेट लिए । आइतबार गण्डकीले कर्णालीविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

सोमबारै वाग्मतीले कर्णालीविरुद्ध ४ विकेटले जित पाएको छ । कर्णाली २१.५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । दीपक खत्रीले ४१ र विपिन शर्माले १९ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । कर्णालीलाई धराशायी बनाउन वाग्मतीका रोहित ठाकुरले ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच (तस्बिरमा) घोषित भए । शिवशक्ति महतोले ३ विकेट हात पारे । वाग्मतीले २४.१ ओभरमा ६ विकेट गुमाई १०४ रन बनायो । वाग्मतीका सूर्यांशु कोइरालाले नटआउट ६० रन बनाए । उनले ७ चौका हाने । कर्णालीका विपिन कोइरालाले ३ विकेट लिए ।

प्रकाशित : फाल्गुन १, २०८० ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×