कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इंग्लिस प्रिमियर लिग : प्यालेसमाथि चेल्सीको पुनर्आगमन जित

एएफपी

लन्डन — कोनर ग्यालिघरको दुई गोलमा टिक्दै चेल्सीले सोमबार इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३–१ ले हराएको छ । यससँगै चेल्सीले अर्को सिजन युरोपमा खेल्ने सपना फेरि ब्युँझाएको छ ।

इंग्लिस प्रिमियर लिग : प्यालेसमाथि चेल्सीको पुनर्आगमन जित

प्यालेसकै पूर्व खेलाडी ग्यालिघरले ४७ र दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यस अगाडि चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको प्यालेसले जेफेरसन लेर्माको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।

खेलको अन्त्यतिर इन्जो फर्नान्डेजले चेल्सीका लागि तेस्रो गोल थपे । यो जितपछि चेल्सीको ३४ अंक भएको छ र दसौं स्थानमा उक्लेको छ । प्यालेस भने २४ अंकमा १५ औं स्थानमा छ र रोय हडसनको टिममाथि रेलिगेसनबाट बच्ने दबाब छ ।

प्रकाशित : फाल्गुन १, २०८० ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×