कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अर्जुन र राज्यलक्ष्मीले जिते गुरिल्ला म्याराथनको उपाधि

महेश केसी

रूकुम पश्चिम — रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजना गरिएको राष्ट्रिय 'सानीभेरी-मौराखारा गुरिल्ला म्याराथन'को पुरूषतर्फको उपाधि अर्जुन राई र महिलातर्फको उपाधि राज्यलक्ष्मी रावलले जितेका छन् । माओवादी सशस्त्र विद्रोह सुरु भएको दिन फागुन १ हरेक वर्ष आयोजना गरिने म्यारथनको यो छैठौं संस्करण हो। 

अर्जुन र राज्यलक्ष्मीले जिते गुरिल्ला म्याराथनको उपाधि

सानीभेरी-३ बेल्टापुबाट सुरू भई तिमीले - मौराखारा लेक - रिम्ना - चाईनाबगर - सिम्ली - छिबाङ बाट पुन: बेल्टापु सम्मको कुल ४८ किलोमिटर लामो दूरी ४ घण्टा ४० मिनेटमा पार गर्दै सोलुखुम्बुका अर्जुन राई प्रथम, ४ घण्टा ५३ मिनेटमा पार गर्दै रूकुम पूर्वका शक्तिराम रोका दोस्रो, ५ घण्टा १ मिनेटमा पार गर्दै रूकुम पश्चिमका भुवन ओली तेस्रो र ५ घण्टा १५ मिनेटमा पार गर्दै रूकुम पश्चिमका दुर्गाराज बुढा चौथो भएका छन्।

त्यस्तै बेल्टापुबाट सुरू भई मेघा बलिबाङ - रिम्ना - चाईनाबगर - सिम्ली - छिबाङबाट पुन: बेल्टापु सम्मको कुल ३६ किलोमिर लामो दूरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम, ३ घण्टा १७ मिनेटमा पार गर्दै रूकुम पश्चिमकी सुशीला पुन दोस्रो, ३ घण्टा २७ मिनेटमा पार गर्दै खोटाङकी निर्मला राई तस्रो र ३ घण्टा ४० मा पार गर्दै रूकुम पश्चिमकी कविता वस्नेत चौथो भएका छन् ।

म्यारथनमा पुरूषतर्फका विजेतामध्ये प्रथमलाई १ लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार तथा चौथोलाई १५ हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र र दशौं स्थानसम्मका विजेतालाई ३ हजार नगद प्रदान गरिएको सानीभेरीका खेलकुद विकास समिति अध्यक्ष भिमप्रकाश बिकले जानकारी दिए ।

साथै म्याराथनमा महिलातर्फका विजेतामध्ये प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार तथा चौथोलाई १० हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र र दशौं स्थानसम्मका विजेतालाई नगद ३ हजार प्रदान गरिएको पनि अध्यक्ष बिकले जानकारी दिए।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सुरू गरेको सशस्त्र संघर्षका क्रममा यही दिनमा आठबिसकोट प्रहरी चौकी हमला गर्न माओवादी सेनाहरूले मौराखाराको बाटो प्रयोग गरेको सम्झनामा हरेक वर्ष यसरी गुरिल्ला म्याराथनको आयोजना गरिँदै आएको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए ।

प्रकाशित : फाल्गुन १, २०८० १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×