कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रथम विश्वविद्यालय खेलकुद : त्रिविलाई ५ स्वर्ण, भलिबलको सेमिफाइनल समीकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको एथलेटिक्समा ५ स्वर्ण जितेको छ । पहिलो दिन ६ स्वर्णलाई प्रतिस्पर्धा हुँदा अर्को एक स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले जितेको हो ।

प्रथम विश्वविद्यालय खेलकुद : त्रिविलाई ५ स्वर्ण, भलिबलको सेमिफाइनल समीकरण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुष १५ सय मिटर दौडमा त्रिविका शेरबहादुर अधिकारीले ४ मिनेट ३०.१ सेकेन्डमा दूरी पूरा गरे । त्रिविकै विकेश घिमिरे दोस्रो र सुदूरपश्चिमका खेमराज जोशी तेस्रो भए ।

महिलामा त्रिविकी राज्यलक्ष्मी रावलले १५ सय मिटर दूरी ५ मिनेट २५.५ सेकेन्डबाट पहिलो स्थान हात पारिन् । काठमाडौं विश्वविद्यालयकी आल्सा रेग्मी दोस्रो तथा लुनिया त्वायना तेस्रो बने ।

पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए । उनले ५६.३५ सेकेन्डबाट स्वर्ण जिते । त्रिविका दिवस रेग्मीले रजत र गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते । सोही दुरीमा महिलातर्फ त्रिविकी अनामिका देवकोटा १ मिनेट १५.३५ सेकेन्डबाट पहिलो भइन् । सुदूरपश्चिमकी भावना पाण्डे दोस्रो र गण्डकीकी कृति गिरी तेस्रो स्थानमा रहे ।

पुरुष लङजम्पमा त्रिविका दिवस रेग्मी पहिलो भए । उनले ६.२७ मिटर जम्प गरे । सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोस्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेस्रो भए । महिलामा त्रिविकी संचिता घिमिरेले स्वर्ण जितिन् । उनले ४.२४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोस्रो र सुदूरपश्चिमकी भावना पाण्डे तेस्रो भए ।

त्रिविलाई डबल्स स्वर्ण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको टेबलटेनिसतर्फ पुरुष डबल्समा त्रिविका रजोजमान ढुकु र आदित्य धौनियाको जोडीले पुरुष डबल्समा स्वर्ण जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्समा त्रिविकी लसता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३–० र पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले त्रिविकी गीताञ्जली गुरुङलाई ३–२ सेटले हराएर फाइनलमा स्थान बनाए ।

भलिबल सेमिफाइनल

जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा भएको भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले त्रिवि तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक शिव कोइरालाले उद्घाटन गरे । दुईदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश छन् ।

प्रकाशित : माघ २२, २०८० २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×