कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अफ्रिका कप अफ नेसन्स : सेनेगलको लगातार तेस्रो जित

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन सेनेगलले लिग चरणका तीनै खेल लगातार जित्ने क्रममा मंगलबार गिनियालाई २–० ले हराएको छ । हारका बाबजुद गिनिया समूह ‘सी’ बाट तेस्रो स्थानमा रहेर अन्तिम १६ पुग्न सफल रह्यो । सेनेगल भने यसअघि नै नकआउट चरण पुगिसकेको छ ।

अफ्रिका कप अफ नेसन्स : सेनेगलको लगातार तेस्रो जित

उसका लागि एबडोलाये सेक र इलिमन एनडडियेले एक एक गोल गरे । यसै समूहको अर्को खेलमा क्यामरुनले गाम्बियालाई ३–२ ले हरायो र चार अंकसहित दोस्रो स्थानमा रह्यो । समूह ‘डी’ मो भने अल्जेरिया मउरिटानियाको हातबाट १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

अल्जेरिया दुई अंकमै सीमित रह्यो र अन्तिम स्थानमा रह्यो । समूह विजेता बन्न एन्गोलाले बुर्किना फासोलाई २–० ले हरायो । एन्गोला सात अंकसहित समूहको शीर्षमा रह्यो भने बुर्किना फासो चार अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : माघ १०, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×