कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बगेर बेपत्ता भएका दुई जनाको शव फेला

मनोज बडू

दार्चुला — मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोलामा बगेका दुई जनाको शव फेला परेको छ । खोला तर्ने क्रममा आईतबार साँझ अबेर बेपत्ता भएका दुबैको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार पानीको भेल आएपछि मुरैका स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय छोरा ऐन बिक खोलाले बगाएपछि बेपत्ता भएका थिए ।

बिहान साढे ७ बगेको ठाउँबाट २/३ मिटर तल बासखोलामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । घटनाको खबर प्राप्त भएको केही बेरमै इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक दर्शन खड्काको कमाण्डको गएको प्रहरी टोलीले बेपत्ताको शव फेला पारेको हो ।

खोला आसपास नयाँ सडक निर्माण भएको हुदा ढुंगा माटो खोलामा बगाएको थियो । उक्त क्षेत्रमा एक्कासी ठूलो वर्षा भएको र भिरालो ठाउँमा माथिबाट ढुंगामाटोसहित आएको खोलाको भेलले उनीहरुलाई बगाए थियो ।



प्रकाशित : जेष्ठ १४, २०८१ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×