कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमाले कैलाली अधिवेशन : पाँचौ दिन पनि अनिर्णित

अधिवेशनका प्रतिनिधिहरुले गरे नाराबाजी
अर्जुन शाह

धनगढी — आइतबारदेखि सुरु भएको नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन बिहीबार पनि अनिर्णित छ । पाँच दिनसम्म पनि नेतृत्व चयनको विषय टुंगिएको छैन । अधिवेशनलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइएको भन्दै प्रतिनिधिहरुले नाराबाजी गर्दै विरोध गरेका छन् । 

एमाले कैलाली अधिवेशन : पाँचौ दिन पनि अनिर्णित

केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले पहिलो दिन सहमति हुन नसके सोमबार नै मतदान प्रकृया सुरु गर्न भनेका थिए । तर पाँचौ दिन पनि कुनै टुंगो लागेन । शुक्रबार बिहानसम्मका लागि सम्पूर्ण प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगानाले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा गजेन्द्र स्वाँर, दलबहादुर विष्ट, मदन ओझा, बीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै, सचिव पदमा बिष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी उम्मेदवार छन् । सचिव पदका उम्मेदवार चन्द ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव उम्मेदवार हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणी भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

महिला उपसचिवमा रत्ना कुावर जोशी, अम्बिका बिष्ट मल्ल, गंगाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका उम्मेदवार बनेका छन् । पाँचौ दिनसम्म पनि कुनै टुंगो लाग्न नसकेपछि शुक्रबार मतदान हुने भनिएको छ ।

एमाले कैलालीले पहिलो पटक अधिवेशन आगडि नै सहमति खोज्ने प्रयत्नका रुपमा आकांक्षीहरुलाई इच्छापत्र पेश गर्नुपर्ने विधि तय गरेको थियो । तर उक्त विधि पनि सफल हुन नसकेर अधिवेशन सुरु भएको चार दिनसम्म पनि अध्यक्ष पदका आकांक्षी तीन जनाबीच सहमति भएको छैन ।

अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले सोही दिन इच्छापत्र पेश गरेका छन् । एक सय ५२ सदस्यीय जिल्ला कमिटी चयन गर्न कैलालीमा १३ वटा स्थानीय तहबाट पाँच सय ९१ जना प्रतिनिधि रहेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×