कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बलात्कार आरोपमा दुई पक्राउ

विप्लव महर्जन

सल्यान — २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । महिलालाई बलात्कार गर्ने युवा भने फरार छन् । 

बलात्कार आरोपमा दुई पक्राउ

बलात्कारको उद्योग आरोपमा प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-१ देवस्थल बस्ने वर्ष २२ का मानबहादुर रावत र बसन्त बुढालाई पक्राउ गरेको हो । अर्का एक फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीका अनुसार घरमा कोही नभएको मौका छोपी गत असार ३१ गते राति १२ बजे माइतीघरमा सुतिरहेकी युवतीलाई मानबहादुर रावत र बसन्त बुढाले बलात्कारको प्रयास गरेका थिए । नाम नखुलाइएका अर्का एकजनाले बरन्डाबाट तानी घिसार्दै घरदेखि ३० फिट टाढा पर्ने शौचालय नजिकैको खाली जग्गामा लगेर बलात्कार गरेका थिए ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान भइरहेको र फरार प्रतिवादीको खोजी भइरहेको सूचना अधिकारी प्रनि खत्रीले जानकारी गराए ।

प्रकाशित : श्रावण ८, २०८१ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×