कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आठविसकोटका बाढीपीडितलाई नगरपालिकाको सहयोग

महेश केसी

रूकुम पश्चिम — गत सोमबार राति आठविसकोट नगरपालिका-१२ झिमखोलामा आएको बाढीमा परी ज्यान गुमाएका ३ जना र बेपत्ता १ जनाका परिवारलाई नगरपालिकाले नगद राहत सहयोग गरेको छ । 

आठविसकोटका बाढीपीडितलाई नगरपालिकाको सहयोग

बिहिबार नगर प्रमुख रवी केसीले घटनास्थलमा पुगेर ४ जनाका परिवारलाई २५/२५ हजार रुपैयाँ प्रदान गरेका हुन् । आठबिसकोट-१२ बगरनजिक तातोपानी खोलाले भूकम्पपीडितका टहरा बगाउँदा स्थानीय एकै घरका दिदीबिहिनी ८ वर्षीया हितमाया पुन र ५ वर्षीया धनिसा पुन तथा सोही घरमा बास बसेकी छिमेकी ४ वर्षीया मनिषा सार्कीको ज्यान गएको थियो ।

त्यस्तै नजिकै रहेको झिन्चौर खोलाले बगाएर स्थानीय ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएका छन् । उनको अवस्था अहिले पनि अज्ञात छ । साथै बाढीका कारण वडा नं. १२ सँगै ११ र १३ का गरेर जम्मा ९८ घरपरिवार विस्थापित भएको र १५ सय ५७ घरपरिवार उच्च जोखिममा रहेको नगर प्रमुख केसीले जानकारी दिए ।

'हामी नागरिकको यसप्रकरको दु:खबाट मर्माहत भएका छौं,' उनले भने, 'विस्थापित घरपरिवारलाई तत्काल राहतस्वरूप पालिका र विभिन्न संघ-संस्थामार्फत राहात प्रदान गरेका गरिरहेका छौं ।'

प्रमुख केसीले घरबासविहीन भएकाहरूलाई तत्कालका लागी स्थानीय सामुदायिक भवनमा बस्ने व्यवस्था मिलाएको र अस्थायी बास बनाउनेबारे योजना तयार भइरहेको पनि बताए ।


प्रकाशित : श्रावण ३, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×