२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड  [पूर्णपाठ]

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने चालु ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजित छ ।

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड  [पूर्णपाठ]

वित्तीय व्यवस्ता तर्फ २५ करोड ८ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तातरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार अर्थात १५ दशमलब ३८ प्रतिशत विनियोजन गरिएको छ ।

प्रदेश सभाको दोस्रो कार्यकालको चौँथो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गरेका हुन् । मुख्यमन्त्री रोगजार कार्यक्रम मार्फत बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउनको लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । कर्णालीका १६ हजार नागरिकले यो कार्यक्रमबाट आशिंक रोजगारी प्राप्त गर्ने विश्वास सरकारको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ३७० विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकास गर्ने भएको छ । यसको लागि सरकारले १ अर्ब १० करोड रकम विनियोजन गरेको छ । यस्तै मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ ।

प्रदेश अस्पताल सुर्खेतको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि ५० करोड विनियोजन गरिएको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका मन्त्रालयलाई एकिकृत प्रशासनिक भवन निर्माण गर्न ३० करोड विनियोजन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन गरिएको छ । संसद्‌मा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री केसीले भुकम्प प्रभावित जिल्लाका पूर्वाधार संरचना पुर्ननिर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।

यस्तै कर्णालीका प्रमुख पर्यटकीय स्थल मुगुको रारा ताल , सुर्खेतको कांक्रेविहार , बुलबुले उद्यान , चौहान पार्क र रुकुम पश्चिमको स्यापू तालको संरक्षण र विकासको लागि बनेका गुरुयोजना कार्यान्वय गर्नको लागि १४ करोड विनियोजन गरिएको छ । साना र मझौला सिचाइका आयोजनाहरुको कार्यान्वयबाट थप १ हजार २ सय हेक्टर कृषियोग्य भूमिमा दिगो तथा भरपर्दो सिचाइ सुविधा उपलब्ध गराउनको लागि ७९ करोड ९५ लाख रकम विनियोजन गरिएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो ।

बजेटको पूर्णपाठ :

प्रकाशित : असार १, २०८१ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x