कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हिउँचितुवाको आक्रमणबाट बालिका घाइते

तृप्ति शाही

वीरेन्द्रनगर — डोल्पामा हिउँचितुवाको आक्रमणबाट एक जना बालिका घाइते भएकी छिन् । घाइते हुनेमा शेफोक्सुण्डो गाउँपालिका– १ को सुम्धेरकी १० वर्षीया नाम्खाङसाङमु लामा रहेकी छिन् । 

मंगलबार राति भेडी गोठमा सुतिरहेको अवस्थामा उनलाई हिउँचितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीका अनुसार हिउँचितुवाले उनलाई गोठबाट करिब २ सय मिटर टाढासम्म लतारेर लिएको थियो । उनको टाउकोमा गम्भीर चोट छ ।

घाइते लामाको स्थानीय सालदाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको स्वास्थ्यचौकी इन्चार्ज निमा धार्के गुरुङले बताए ।

प्रकाशित : जेष्ठ १६, २०८१ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×