कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

विस्तारका लागि राप्ती राजमार्ग दैनिक ९ घण्टा बन्द

विप्लव महर्जन

सल्यान — विस्तारका लागि राप्ती राजमार्ग शुक्रबारदेखि २० गते आइतबारसम्म १० दिनका लागि दैनिक नौ घन्टा बन्द गरिएको छ । नियमित गुड्ने गाडीका कारण स्तरवृद्धिको काममा अवरोध सिर्जना भएपछि शुक्रबारदेखि  राप्ती राजमार्ग बन्द गरिएको हो ।

विस्तारका लागि राप्ती राजमार्ग दैनिक ९ घण्टा बन्द

छिनछिनमा चल्ने गाडीका कारण स्तरवृद्धिको काममा अवरोध मात्र नभई काममा ढिलाइ हुन थालेपछि राप्ती राजमार्ग १० दिनका लागि बन्द गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

सडक डिभिजन कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय सल्यान, जिल्ला प्रशासन कार्यालय दाङ र यातायात व्यवसायीको सहकार्यमा सूचना प्रकाशन गरी राप्ती राजमार्ग बन्द गरिएको उनले जानकारी गराए ।

उनका अनुसार राप्ती राजमार्ग शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म बन्द गरिएको छ । सडक बन्द भएको समयमा साना तथा दुईपांग्रे सवारी साधन पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडकलाई प्रयोग गर्न सकिने उनको भनाइ छ ।

दिउँसो १२ देखि ४ बजेसम्म र राति ९ देखि १२ बजेसम्म गाडीको चाप नपर्ने भएकाले गाडी व्यवसायीलाई खासै असर नपर्ने र लामो समय कुर्न नपर्ने उनले जानकारी गराए ।

प्रकाशित : जेष्ठ ११, २०८१ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×