कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बाँकेमा गृहमन्त्री लामिछानेको पुतला दहन

रूपा गहतराज

बाँके — बाँकेको नेपालगन्जमा नागरिक समाजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरेका छन् ।

बाँकेमा गृहमन्त्री लामिछानेको पुतला दहन

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै बिहीबार त्रिभुवन चोकमा गृहमन्त्री लामिछानेको पुतला दहन गरिएको हो । विरोध प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवा पत्रकारहरुले यो कदम प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको भन्दै मिडिया माथिको आक्रमण रोक्न माग गरेका छन् ।

अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर केन्द्रीय कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो । प्रतिशोधका आधारमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।


प्रकाशित : जेष्ठ १०, २०८१ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?