कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

गुलरियामा प्रादेशिक महोत्सव

कमल पन्थी

बर्दिया — गुलरियामा शुक्रबारदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ, गुलरियाले आयोजना गरेको महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरे ।

गुलरियामा प्रादेशिक महोत्सव

पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा सयभन्दा बढी स्टल छन् ।

कृषि, बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसारलगायत क्षेत्रीय पर्या पर्यटनको प्रचारप्रसार, औद्योगिक व्यापारलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्स्व आयोजना गरिएको संघका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँको व्यापार हुने आयोजकको अनुमान छ ।

उद्घाटनअघि गुलरियामा व्यवसायी, विद्यार्थी, श्रद्धालुलगायतले नगर परिक्रमा गरेका थिए । विभिन्न समुदायले सांस्कृतिक बाजागाजा, नृत्यसमेत प्रस्तुत गरेका थिए ।


प्रकाशित : पुस ६, २०८० २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×