कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

पर्यटन प्रवर्द्धन गर्न व्यवसायी एकजुट हुनुपर्नेमा जोड

सन्जु पौडेल

तिलोत्तमा — पर्यटन व्यवसाय उकास्नका लागि लगानीकर्ता एकजुट हुनुपर्नेमा लुम्बिनीका होटेल व्यवसायीले जोड दिएका छन् । व्यवसायीले नेपालमा पर्यटनको विकास गर्न आफूहरुबाटै प्रोमोटिङ इच अदर (पर्यटन प्रवर्द्धनमा व्यवसायी एकजुट) को नारा अंगाल्नुपर्ने बताए ।

पर्यटन प्रवर्द्धन गर्न व्यवसायी एकजुट हुनुपर्नेमा जोड

उनीहरुले राज्यले सबैभन्दा सम्भावना बोकेको होटल व्यवसायलाई उपेक्षा गरेकाले व्यवसायीको लगानी सुनिश्चित गर्दै पर्यटकलाई सहजै नेपाल भित्र्याउने बाटो खुला गर्नुपर्ने बताए ।

नेपलिज होटेलियर्स एशोसिएशन लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया एवं पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एशोसिएशनका अध्यक्ष प्रवीण बहादुर पाठकले होटेल व्यवसायलाई थप गुण्स्तरीय, व्यवस्थित र मर्यादित बनाउने उद्धेश्यले एनएचए अघि बढेको बताए ।

उनले एक सयभन्दा बढी भाषा, विभिन्न जातजाति एवं परिकारका स्वादको धनी देश नेपालमा वर्षको १० लाख मात्रै पर्यटक आउँदा खुसी हुनुपर्ने स्थिति आउनु खर्बौंको लगानी रहेको होटेल व्यवसायको निम्ति लज्जास्पद अवस्था भएको बताए । नेपाल पर्यटक आगमनको सस्तो नभई उत्कृष्ट गन्तवय हो भनेर चिनाउने बाटोमा आफूहरु लाग्ने बताए ।

७ महिना अघि मात्र गठित एशोसिएशनले राज्यको व्यवस्थापन, नीति एवं कार्यान्वयनको पाटोलाई घच्घच्याई पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेको रुपन्देहीमा पर्यटक अंड्याउने उपायको अध्ययन गरी सम्बन्धित निकायसँग छलफल गरेर अविलम्ब कार्यान्वयन गर्न अघि सरेको बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया नाका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल, ६ लेन सडक, लुम्बिनी, जितगढी किल्ला लगायतका पुर्वाधार र पर्यटकीय स्थलले रुपन्देही होटेल व्यवसायको हब बनिसकेपनि राज्यको अपरिमार्जित नीति नियम, कानुन र बनेका पुर्वाधार पुर्णरुपमा संचालन हुन नसक्दा होटेल क्षेत्र पर्यटक अभावको चपेटामा परेको उपाध्यक्ष दिलीप गौचनको भनाइ छ ।

कोरोनाअघि बेलहिया नाकाबाट डेढ करोड पर्यटक जिल्लामा आएकामा त्यसयता ८० हजार मात्रै प्रवेश गरेकाले होटेल व्यवसाय संकटमा परेको र धेरै व्यवसायी धरासायी बनिसकेको उनले गुनासो गरे । 'पर्यटन क्षेत्रलाई चलायमान बनाउन र हाम्रो खर्बौंको लगानी जोगाउन सरकारसँग बुँदागत माग नै राखेर प्रशासन, प्रहरी, संघीय निकाय पुगिसकेका छौं,' उनले भने, 'देशको समृद्धिको मुख्य स्तम्भ होटेल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, अध्यागमन र नाकामा पर्यटकले व्यवाहोर्नुपरेको झन्झट हटाइदिने, प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउँठाउँमा सुचना केन्द्र स्थापना गरी जानकारी दिनुपर्ने लगायतका माग हाम्रो छ ।'

लुम्बिनी प्रदेशका ४० होटल व्यवसायी संगठित रहेको एनएचएमा पर्यटकीय स्तरका होटेल आवद्ध रहेका छन् । व्यवसायीले आफुहरुमा समेत कमी कमजोरी रहेकाले आफुहरु सच्चिँदै राज्यलाई यस क्षेत्रको महत्व बुझाइ हरेक नीतिको परिमार्जनसहित कार्यान्वयनको पक्षमा ल्याउने बताएका छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×