कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

प्रदेशका सरकारी अस्पतालमा सबै रोगको उपचार सेवा विस्तार गर्छौं : मन्त्री खनाल

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्थामा जनताको सहज पहुँच गराउनका लागि प्रदेश सरकार लागिपरेको बताएका छन् । उनले प्रदेशमा रहेका सरकारी अस्पतालमा समेत अत्यावश्यक सेवा सुविधासहित सम्पूर्ण स्वास्थ्य उपचार पद्धति अपनाई सर्वसाधारणले उपचार गर्न सक्नेगरि विकास गरिरहेको बताए ।

प्रदेशका सरकारी अस्पतालमा सबै रोगको उपचार सेवा विस्तार गर्छौं : मन्त्री खनाल

उनले निजी अस्पतालमा पैसा अभावकै कारण उपचार गराउन नसक्ने नागरिकले सरकारी अस्पतालबाटै आफूलाई लागेकोे रोगको सहज उपचार पाउनुपर्ने बताए ।

त्यसका लागि स्वास्थ्य मन्त्रालयले आर्थिक एवं प्रशासनिक काम अघि बढाइरहेको उनले बताए । मंगलबार बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १४ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा विकास गर्ने बताए । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचना सहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिए ।

स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजनाअनुसार अगाडि बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको उल्लेख गरे । ‘हाम्रा आवश्यकता धेरै छन्, यसको गुणस्तर वृद्धि गरेर जान सकेनौं, जनशक्ति र उपकरण उपलब्ध गराउन सकेनौं भने जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन सक्दैनौं,' उनले भने, 'आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले पहल गर्छ । मन्त्री खनालले नेपाली मात्र नभई विदेशी समेत उपचार गर्न आउने थलोको रुपमा अस्पताललाई विकास गर्नु पर्नेमा जोड दिए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको बताए ।

१५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसीयू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव सञ्चालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका उपलब्धीबारे मेसु थापाले जानकारी गराए । त्यस्तै, निकट भविष्यमै अनलाइन टिकटको समेत व्यवस्था गरिने उल्लेख गरे ।

अस्पतालमा चिकित्सक (विशेषज्ञ मेडिकल अधिकृत) १२७ जना, नर्सिङ्ग कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन, लेखा र आईटी) २८ जना, कार्यालय सहयोगी/सरसफाईकर्मी १८९, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारी कार्यरत रहेकाछन् ।


प्रकाशित : फाल्गुन १५, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×