कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

टिप्परको ठक्करबाट ज्यान गुमाएकाकोपरिवार आन्दोलित, तुलसीपुर चोकमा विरोध

दुर्गालाल केसी

दाङ — टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका परिवार र आफन्त न्याय नपाएको भन्दै आन्दोलित भएका छन् । उनीहरू घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलित भएका छन् । केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ । 

टिप्परको ठक्करबाट ज्यान गुमाएकाकोपरिवार आन्दोलित, तुलसीपुर चोकमा विरोध

टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका परिवार र आफन्त न्याय नपाएको भन्दै आन्दोलित भएका छन् । उनीहरू घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलित भएका छन् । केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले शुक्रबार राति विपरीत दिशाबाट आउँदै गरेको रा २ प५५८९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशालजिसी र प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसीको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परचालक रोल्पाको रुन्टीगढी-९ का २६ वर्षीय ईश्वर बूढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठानको शव गृहमा राखिएको छ ।

प्रकाशित : पुस १, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×