कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बुटवलमा 'नागरिक आन्दोलन सञ्जाल' गठन

अमृता अनमोल

बुटवल — बुटवलका नागरिक अगुवाहरुले 'नागरिक आन्दोलन सञ्जाल' गठन गरेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुटवलमा भेला गरी उनीहरुले लोकतन्त्रको सबलीकरणका लागि भन्दै गोविन्द खनालको संयोजकत्वमा सञ्जाल गठन गरेका हुन् ।

बुटवलमा 'नागरिक आन्दोलन सञ्जाल' गठन

खनाल मानव अधिकारका लागि शान्ति समाजका निवर्तमान अध्यक्ष हुन् । सञ्जालको सचिवमा ऋषि आजाद रहेका छन् ।

भेलाले सरकारका हरेक कामको नागरिक निगरानी बढाउने, लोकतन्त्रविरोधी काम हुन नदिने र भएकालाई बेवास्ता गर्ने, नागरिकलाई लोकतन्त्रका सबलपक्ष सिकाउँदै नागरिकका तर्फबाट गर्नुपर्ने कर्तव्य सिकाउने लगायतका निर्णय गरेका छन् । यस्तै सरकारी योजना, बजेट र निर्णयलाई पारदर्शी र सुशाशनयुक्त बनाउन सचेतना अभियान चलाउने पनि योजना गरेको उनीहरुलर् बताएका छन् ।

संयोजक खनालले सरकारका गतिविधि, कामकारबाही र अदूरदर्शी निर्णयहरुका कारण लोकतन्त्रविरोधी गतिविधिहरु मौलाएको भन्दै मानव अधिकारको अवस्था दयनीय र राज्य व्यवस्था उदासिन रहेको बताए । नेपालमा राजनैतिक दलको विकल्प नरहेको तर नेताहरु सच्चिनुको पनि विकल्प नरहेकोमा उनको भनाइ थियो ।

प्रकाशित : मंसिर २४, २०८० २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×