कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सीमा स्तम्भ रङरोगन र मर्मत 

कमल पन्थी

बर्दिया — बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहामा नेपाल-भारत सीमा छुटाउने सीमा स्तम्भको रङरोगन सुरु गरिएको छ ।

सीमा स्तम्भ रङरोगन र मर्मत 

नेपाल-भारत ८३ किमि बर्दियासँग जोडिएको २ सय ४५ सीमा स्तम्भमध्ये ३९ वटाको रंगरोगन र मर्मत नेपाली पक्षबाट गरिने भएको छ । नेपालले बिजोर र भारतले जोर नम्बरको स्तम्भको रङरोगन र मर्मत संभार गर्ने भएको छ । रङरोगन शुभारम्भ प्रमुख जिल्ला अधिकारी नारायण रिसाल र भारत नानपारा ५९ नम्बर बटालियनका कमान्डेन्ट शक्ति सिंहले स्तम्भ नम्बर ६६३./५१ को रङरोगन गरी संयुक्तरुपमा गरेका हुन् । दुई दशकयता नेपाल-भारत छुटाउने मुख्य ५ सहित सहायक र सानो गरी ७२ वटा स्तम्भ फेला नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ रिसालले सन् २०१४ मा निर्माण भएका सीमा स्तम्भको मर्मत संभार र रङरोगन गर्न लागेको बताए । 'पुनर्निर्माण केही सीमा स्तम्भ रङरोगन पछि गरिने छ,' उनले भने, ‘मर्मत संभार र रङरोगनको जिम्मा सशस्त्र प्रहरीले गर्ने छ ।'

भारतको चित्तलहवामा भारतीय पक्षले दशगजा मिचेर कालोपत्र निर्माण गरेको छ । ५९ नम्बर बटालियनका कमाण्डर सिंहले करिब दुई दशकअघि निर्माण भएको कुरा आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित : मंसिर २३, २०८० १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?