कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बसको ठक्करबाट महिलाको मृत्यु

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका–१२ की ३२ वर्षीया निशा कुमारीको मृत्यु भएको हो ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बसले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार निशा र चालक उनका श्रीमान् ४३ वर्षीय रोशनकुमार राय घाइते भएका थिए । उपचारका निम्ति हेटौंडा अस्पतालमा ल्याउने क्रममा निशाको मृत्यु भइसकेको थियो ।

घाइते रोशनको खुट्टामा चोट लागेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले बताए । बस र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×