कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनीका चार जिल्लामा ‘एकीकृत पोषण कार्यक्रम’

वीरेन्द्र केसी

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले तराईका जिल्ला दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा एकीकृत पोषण कार्यक्रम सञ्चालन गरेको छ । कुपोषणका हिसाबले लुम्बिनी अत्यधिक कुपोषण हुने प्रदेशअन्तर्गत पर्छ । 

लुम्बिनीका चार जिल्लामा ‘एकीकृत पोषण कार्यक्रम’

हेलेन केयर इन्टरनेसनलको सहयोगमा सञ्चालिन एक वर्षे परियोजनाको बुधबार भालुवाङमा स्वास्थ्य मन्त्रालयले शुभारम्भ गरेको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । समुदायमा कुपोषित बच्चाको पहिचान गर्ने, कुपोषित बच्चा हुन नदिन आमा समूह र आमालाई शिक्षा दिने अभियानले गर्नेछ । कुपोषित बच्चालाई पोषण उपचार केन्द्रमा लगेर खाद्यपदार्थ खान दिने र उपचार गराउने कार्यक्रम छ । यो कार्यक्रम ५ वर्षमुनिका बच्चाहरुका लागि लक्षित छ ।

शीघ्र कुपोषण र दीर्घ कुपोषण अन्त्य गर्ने कार्ययोजनाअनुसार आएको कार्यक्रम आएको छ । प्राविधिक, वस्तुगत र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी स्वीकृत परियोजनाले आमा र बच्चाको र स्वास्थ्य सुधारका गतिविधि गर्ने उनले बताए । सामाजिक र व्यक्तिगत व्यावहार परिवर्तन गर्न शिक्षा दिनेछ । तथ्यांकमा कपिलवस्तुमा कुपोषणको सबैभन्दा धेरै समस्या रहेको छ ।

लुम्बिनीमा १६ दशमलव २ प्रतिशत कुपोषित भएको तथ्यांक छ । यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीले बताए ।

पहिले सुआहाराले पोषण सुधारका लागि १० वर्ष यस क्षेत्रमा काम गरेको थियो । त्यसपछि हेलेन केयर इन्टरनेसनलले कार्यक्रम गर्ने गरी शुभारम्भ गरेको हो ।

प्रकाशित : मंसिर २०, २०८० २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×