कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नियमविपरीत सञ्चालित १ सय ३२ वटा ई-रिक्सा नियन्त्रणमा

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका १ सय ३२ वटा ई-रिक्सा नियन्त्रणमा लिएको छ । 

नियमविपरीत सञ्चालित १ सय ३२ वटा ई-रिक्सा नियन्त्रणमा

नीति, नियम र प्रक्रियाविपरीत रातो नम्बर प्लेटलाई कालो बनाइ यात्रु ओसारपसार गरिरहेका ई-रिक्साहरुलाई नियन्त्रणमा लिइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार रातो नम्बर प्लेटका ९३ वटा यात्रुवहाक ई-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा ई-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा होल्ड गरेर राखिएको छ ।

'यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई-रिक्सालाई गुडन दिइने छैन,’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, 'यातायातमा प्रक्रिया पुर्‍याएर नेपालगन्ज उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई-रिक्सा चल्न अनुमति दिने छौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार १ सय ३२ वटा ई-रिक्सा होल्डमा राखिएको बताए ।

प्रकाशित : मंसिर १९, २०८० २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×