कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भन्सार छलेर ल्याएको २७ क्विन्टल चिनी बरामद 

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर-१५ नौडिहवास्थित एक घरमा राखेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो ।

भन्सार छलेर ल्याएको २७ क्विन्टल चिनी बरामद 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याएको चिनी गोदाममा रहेको जानकारीको आधारमा छापा मारिएको थियो ।

बरामद भएको ५४ बोरा चिनी महेसपुर भन्सार कार्यालयमा पठाइने छ । भारतबाट भन्सार छली गरेर सीमावर्ती क्षेत्रमा गोदाम गर्ने र नेपाली बजारमा पठाउने समूह सक्रिय छ ।

प्रकाशित : मंसिर १६, २०८० ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×