कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गाउॅमा आतंक फैलाएको चितुवा नियन्त्रणमा

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकाको खाता जैविकमार्गमा आतंक फैलाउने चितुवा डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाले नियन्त्रणमा लिएको छ ।

गाउॅमा आतंक फैलाएको चितुवा नियन्त्रणमा

प्रायःजसो दिनहुँ बस्तीमा पसेर बाख्रा, भेँडा लगायतका वस्तुभाउ खाने गरेको चितुवाका कारण आतंक मञ्चाउँदै आएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्बेले उक्त चितुवा डार्टबिना नियन्त्रणमा लिएको बताए । 'केही दिनअघि त्यहाँ क्यामेरा ट्यापसहित खोर राखिएको थियो,’ उनले भने, ‘खोरमा पसेपछि चितुवा नियन्त्रण आएको थियो ।'

उक्त चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकास्थित लामीदारा भन्ने ठाउॅमा बिहीबार छाडिएको छ । खाता जैविकमार्गमा दर्जन बढी चितुवा आउजाउ गर्ने गरेको अनुमान वन कर्मचारीको छ ।

प्रकाशित : मंसिर १४, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×